अफगानिस्तानको एक मस्जिदमा बिस्फोट, सातको मृत्यु

kabul pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा कार बम विस्फोट भएको छ। विस्फोटमा परेर सात जनाको मृत्यु भएको छ। सो विस्फोटमा परेर कम्तिमा ४० जना घाइते भएका छन्।

शुक्रबारको नियमित प्रार्थनाका क्रममा भएको श्रृंखलावद्ध बम विस्फोटमा ती व्यक्ति मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। तालिवानी अधिकारीहरुका अनुसार गम्भीर घाइतेहरु धेरै भएकाले मृतकको संख्या अझै बढ्नसक्ने छ।

सो बिस्फोटका हालसम्म कसैले पनि जिम्मा लिएको छैन। आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल माफी टकोरले मस्जिद नजिकै मुख्य सडकमा बिस्फोट भएको र सो घटनाको अनुसन्धान भइरहेको बताए। नमाज पढेर मस्जिदबाट बाहिर निस्कने क्रममा सो बिस्फोट गराइएको काबुलका प्रहरी अधिकारीहरुले जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्