इरानमा भएको प्रदर्शनमा ५० जनाको मृत्यु

TOPSHOT - Nasibe Samsaei, an Iranian woman living in Turkey, cuts her ponytail off during a protest outside the Iranian consulate in Istanbul on September 21, 2022, following the death of an Iranian woman after her arrest by the country's morality police in Tehran. - Mahsa Amini, 22, was on a visit with her family to the Iranian capital Tehran, when she was detained on September 13, 2022, by the police unit responsible for enforcing Iran's strict dress code for women, including the wearing of the headscarf in public. She was declared dead on September 16, 2022 by state television after having spent three days in a coma. (Photo by Yasin AKGUL / AFP)
लोकपाटी न्यूज
0 Shares

एजेन्सी । इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर आन्दोलन थप चर्किएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परेर ज्यान गुमाउनेको संख्या ५० पुगेको छ ।

यसअघि १७ जनाले ज्यान गुमाएको विवरण सार्वजनिक भएको थियो । गएको हप्ता अनुचित तरिकाले हिजाब लगाएको आरोपमा तेहरानबाट पक्राउ परेकी २२ वर्षीया अमिनीको हिराशतमै ज्यान गएको थियो । त्यसपछि सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको हो ।

यो घटनालाई इरानमा भएका पछिल्ला आन्दोलनमध्ये एक ठूलो आन्दोलनका रूपमा हेरिएको छ । इरानले इन्टरनेटको पहुँचमा प्रतिबन्ध लगाएको र ह्वाट्सएप तथा इन्स्टाग्रामजस्ता सन्देश आदानप्रदानका लागि प्रयोग हुने एप्सलाई ब्लक गरेपछि आन्दोलन थप चर्किएको बीबीसीले जनाएको छ ।

झडपमा केही सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् । एम्नेस्टी इन्टरनेसनलसहित मानवअधिकारवादी संघसंस्थाले प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाएको, अश्रुग्यास र पानीको फोहोराको प्रयोग गरेको बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्