दक्षिण एसियाली महिला बास्केटबल : नेपाल र माल्दिभ्स भिड्दै

saba-basketball
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। दक्षिण एसियाली महिला बास्केटबल (साबा)  च्याम्पियनसिपमा नेपालले आज आयोजक माल्दिभ्ससँग खेल्दैछ। नेपाल र माल्दिभ्सबीचको खेल आज राति सवा ८ बजे सुरु हुनेछ।

सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाल प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा छ। तर, घरेलु प्रतिद्वन्दीविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन।

नेपाली टोलीमा कप्तान सदिनासँगै एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन्।

४ राष्ट्र सहभागी प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकासँग मंगलबार र अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ। प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स गएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्