अफ्रिकी देश बुर्किना फासोमा सैनिक ‘कू’ : सङ्कटकाल लागू

लोकपाटी न्यूज
0 Shares

एजेन्सी । अफ्रिकी देश बुर्किना फासोमा सेनाले ‘कू’ गरी सैन्य नेता पाउल–हेनरी दामिबाको सरकारलाई हटाएको छ।

सरकार विघटनसँगै सेनाले सङ्कटकाल लगाएको छ । सेनाका क्याप्टेन इब्राहिम ट्राओरेले राष्ट्रिय टेलिभिजनमा सम्बोधनमार्फत सत्ता हात लिएर सङ्कटकाल लगाएको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ।

विभिन्न नाकाहरू पनि अनिश्चितकालका लागि बन्द गरिएको छ । त्यसैगरी सबै राजनीतिक दल र नागरिक समाजका गतिविधिलाई पूर्ण रूपमा बन्देज लगाइएको छ।

दामिबाले यसअघि जनवरीमा पूर्व राष्ट्रपति रोच काबोरलाई अपदस्थ गरी सत्ता हातमा लिनुभएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्