निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस् : खिलराज रेग्मी

KhilRaj_Regmi
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना गरेका छन्।

बडादसैँको अवसरमा दिएको सन्देशमा पूर्वअध्यक्ष रेग्मीले निर्वाचनले राजनीतिक दल र जनतालाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले नवदुर्गा भवानीबाट त्यसका लागि सबैलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन्।

पूर्वप्रधानन्यायाधीश रेग्मीले भनेका छन्, ‘निर्वाचन भनेको मतदाताको हात माथि हुनु हो। मतदान गरेपछि पछुताउनुको कुनै अर्थ हुँदैन। अबको निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि हो।’ उनले बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको विजयादशमीका अवसरमा सबै दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्