राष्ट्रसंघीय प्रमुखद्वारा शान्ति र सद्भावका लागि आह्वान

लोकपाटी न्यूज
8 Shares

एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमा शान्ति र सद्भाव कायम गर्नका लागि विश्वका सबै व्यक्ति तथा समुदायसँग आग्रह गरेका छन्। विश्व अहिंसा दिवसका अवसरमा आइतबार दिएको एक सन्देशमा उनले विश्वमा शान्ति सद्भाव एवं पारस्परिक सम्मानका लागि विश्व समुदायसँग आग्रह गरेका हुन्।

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले विश्व अहिंसा दिवस अहिंसावादी नेता महात्मा गान्धीको जन्म दिनमा मात्र मनाएको नभएर विश्वका नागरिकहरूमा आपसमा शान्ति र आपसी सम्मान कायम गर्न मनाइने गरेको बताए। उनले मानिसले एकले अर्कोलाई आपसमा सम्मान र माया दर्शाउन सकेमा विश्वमा शान्तिको स्थापना गर्न गाह्रो नभएको भन्दै अहिंसावादी नेता महात्मा गान्धीबाट यो प्रेरणा लिन सकिने बताए।

उनले अहिले विश्वमा आन्तरिक द्वन्द्व, राजनीतिक बेमेल, गरिबी, जलवायु परिवर्तनलगायतका विभिन्न कारणले विश्वमा हिंसा बढ्दै गएको बताउँदै यसबाट बच्नका लागि पनि अहिंसात्मक सोच राख्नुपर्ने बताए। सो सन्देशमा उनले भनेका छन्, ‘हामीले आगामी विश्वलाई शान्तिपूर्ण बनाउन र नागरिकहरूमा हाल देखा परेका यी हिंसात्मक गतिविधीहरुबाट टाढा राख्नका लागि महात्मा गान्धीको अहिंसा र मानवीय सम्मानको व्यवहारबाट प्रेरणा लिन सक्दछौं।’

विश्वमा अहिंसा दिवसका अवसरमा महासचिव गुटरेसले दिनुभएको सो सन्देशमा उनले विश्वमा सम्पन्न देशले तेस्रो विश्वमा देशहरूलाई सहयोग गर्नुपर्नेमा पनि जोड दिए। जलवायु परिवर्तन, गरिबी, आन्तरिक राजनीतिक द्वन्द्व आदि कारणहरूले तेस्रो विश्वका देशहरू पछि परिरहरेका कारण ती देशलाई सहयोग गर्नुपर्नेमा उनले सो सन्देशमार्फत जोड दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्