शिक्षामा सुधारको प्रयास गरेको शिक्षामन्त्री पौडेलको भनाइ

Debendra_Paudel
लोकपाटी न्यूज
0 Shares

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) बागलुङ–२ समन्वय समितिको बैठकमा आज बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि भौतिक पूर्वाधारमा उल्लेख्य काम भएको बताएका छन् ।

उनले द्वन्द्वबाट विस्थापित साढे पाँच सय बढी शिक्षकलाई पुनःबहाली गरिएको उल्लेख गरे । बाँकी शिक्षकको पुनःस्थापनाका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको मन्त्री पौडेलले बताए । दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायतका कामले पनि गति लिएको उनको भनाइ छ ।

‘शिक्षा क्षेत्रको सुधारमा सक्दो प्रयास ग¥र्यौँ भन्ने लाग्छ, समय पनि छोटो भयो, एउटा मात्र बजेट बनाउन पायौँ’, मन्त्री पौडेलले भने, ‘शिक्षा क्षेत्रलाई अगाडि बढाउन कानूनी संरचना तयार छ, भौतिकतर्फ पनि महत्वपूर्ण उपलब्धि भएको छ ।’

बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका मन्त्री पौडेलले आउँदा दिनमा पनि शिक्षासँगै विकास, निर्माणका कामको नेतृत्व लिन तयार भएर चुनावमा होमिएको धारणा राखे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्