पानीको खुद्रा मूल्य तोकियो, प्रति लिटर मूल्य कति ?

Water jar
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानीको खुद्रा मूल्य तोकेको छ। विभागले तोेकेको मूल्य अनुसार उपत्यकामा प्रति लिटर बोतलको पानीको अधिकतम मूल्य १६ रुपैयाँ र २० लिटरको जारको पानीको अधिकतम् मूल्य ४७ रुपैयाँ भन्दा बढी लिन पाइने छैन।

संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिले गठन गरेको बजार अुनगमन उपसमितिको अध्ययन प्रतिवेदनका आधारमा विभागले पानीको खुद्रा मूल्य तोकेको हो।

पानी व्यावसायीले भने बोतलको पानीको २० देखि ३० रुपैयाँसम्म असुल गर्दै आएका छन् भने जारको पानीमा ५० देखि ६० रुपैँया असुल गर्दै आएका छन्। उपत्यका बाहिर एक लिटर वोतलको २० रुपैयाँ र २० लिटर जारको अधिकतम् ६० रुपैयाँ मूल्य तोकिएको छ।

विभागले पानी उत्पादक तथा वितरकहरुलाई विभागमै डाकेर तोकिएको मूल्य भन्दा बढी लिए कारबाही गर्ने चेतावनी समेत दिएको छ। यस्तै, २० लिटरको जारको सट्टा १९ लिटरको जार प्रयोग गर्ने गरेको पाइएको भन्दै विभागले त्यसमा पनि सचेत गराएको छ।

साथै पानीको गुणस्तर, जारको गुणस्तर, मूल्य तथा मात्रा दुरुस्त भए नभएको विषयमा बजार अनुगमन गर्ने समेत विभागले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्