
काठमाडौं। स्पेनमा नेपाल पर्यटन प्रबर्दन तथा दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम गरिने भएको छ। गैर आवासीय नेपाली संघ, स्पेन र नेपाली जनप्रगतिशील मञ्च, स्पेनको संयुक्त आयोजनामा १६ अक्टोबर आइतबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो।
बार्सीलोनाको पर्यटकीय स्थल साग्रादा फामिलामा १५ : ३० देखि २१ : ०० सम्म हुने आयोजकले जनाएको छ।