फ्रि–भिसा, फ्रि–टिकटमा मलेसियाले माग्यो नेपाली कामदार

Malesia City
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। फ्रि–भिसा, फ्रि–टिकटमा मलेसियाले नेपाली कामदारको माग गरेको छ। जोहर सहरमा रहेको एक कम्पनीले २० जना पुरुष नेपाली कामदारको माग गरेको हो।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ। कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ। करार अवधि २ वर्षे रहेको छ। कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन्।

कामदारले खान बस्नेतसहित तलब ४२ हजार बढि पाउनेछ। इच्छुक कामदारले एपोलो मेनपावर सर्भिस प्रालिको कार्यालय गौशला काठमाडौंमा कात्तिक ४ गते अन्तरवार्ता दिनु पर्ने छ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्