डेंगु संक्रमितको संख्या ४२ हजार नाघ्यो, ५१ जनाको मृत्यु

dengue
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। कात्तिक २ गतेसम्म नेपालमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या ४२ हजार ५ सय ४ पुगेको छ।

त्यस्तै डेंगुबाट अहिलेसम्म यो वर्ष संख्या ५१ जनाको ज्यान गएको छ। यो संख्या सन् २००४ यताकै उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएको छ।

महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा। गोकर्ण दाहालका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ। डेंगु संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरुको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्