थप ५३ कोरोना सङ्क्रमित थपिए

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपालमा देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय २७ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ५३ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो।

१ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५० तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ। यही अवधिमा थप ५१ जना निको पनि भएका छन्। १५ हजार ३५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्