सहनलाल प्रधानको चुनावी गीत ‘नेपाली जनता’ सार्वजनिक (भिडियो)

sahan pradhan
लोकपाटी न्यूज
5 Shares

चितवन। प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा ‘नेपाली जनता’ बोलको गीत सार्वजनिक भएको छ। चुनावमा असल र राम्रो मान्छे छनोट गरेर मतदान गर्न प्रोत्साहन गरेको उक्त गीतलाई चितवनको पहिलो रेडियो सिनर्जी एफ. एम.मा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो।

उद्योग बाणिज्य संघ चितवनका पूर्वअध्यक्ष समेत रहेका सिनर्जी एफ.एमका संचालक सहनलाल प्रधानको शब्द, संगीत रहेको गीतमा स्वरमा प्रधानलाई शिरीष बिक्रम थापा, सृजना गुरुङ, प्रस्तावना कैनीले साथ दिएका छन्। सामाजिक सञ्जालमा भने रेबल क्रियसनको युट्युब च्यानलबाट यो गीत हेर्न सकिन्छ। प्रधानले गीत सुन्नुका साथै शब्दको भाव बुझेर मतदान गर्न सबैमा आह्वान गरेका छन्।

उनले भने—‘मतदातालाई हाम्रो होइन राम्रो रोज्न अनुरोध गर्दै गीतले राष्ट्रको मुद्दामा लड्न सकने असल र इमानदार मानिस पहिचान गर्न मतदातालाई प्रेरित गरेको छ।’ समसामयिक विषयमा गीत रचना गर्न रुची राख्ने प्रधानले संगीत दिएका दुई दर्जन बढी गीत सार्वजनिक भइसकेका छन्।

२ दशक अघि सार्वजनिक भएको चितवनको परिचय झल्काउने नारायणीको पानी जस्तै संग्लो चितवन गीत अहिले पनि चर्चित छ।उनको प्रिय तिमी केहि बोलिदेउ, कोहो मलाई, लुकी लुकी आऊ, आकाशैमा कैलो मैलो जस्ता गीतहरु आज सम्म पनि स्रोताले रुचाउँछन्। रेडियोबाट गीत संगीतको विकासमा सिनर्जी राइजिंग स्टार शो मार्फत् जिल्लामा नयाँ कलाकारको खोजी गर्न पनि प्रधानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्