बुटवल। प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी सुशील थापा मगरका अनुसार दुर्घटनामा ४६ वर्षीय खुमन थापा, ४२ वर्षीया जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै मृत्यु भएको छ।
प्युठान नगरपालिका-५ पूर्णगाउँमा खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो। घाइतेहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ। दुर्घटना राति २:३० बजे भएको हो। गाडी सडक देखि दुई सय मिटर तल खसेको छ।