नेपाली कलाकार समाजको अध्यक्षमा सापकोटा चयन

keshab sapkota
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली कलाकार समाजको अध्यक्षमा केशव सापकोटा चयन भएका छन्। कलाकार तथा प्राविधिहरूको हकहित र संरक्षणको लागि सापकोटाको अध्यक्षमा उक्त संगठन गठन गरिएको हो। संगठनको उपाध्यक्षमा गायत्री थापालाई सर्वसम्मत चयन गरिएको छ।

अध्यक्ष सापकोटा पूर्व मिडियाकर्मीका साथै दुई दशकदेखि नेपाली गीत सङ्गीतमा क्रियाशील युवा हुन्। उनले ५५ वर्ष पुगेका कलाकार तथा प्राविधिकहरूलाई सरकारसँग निर्वाहमुखी भत्ताको लागि पहल गर्ने बताए। संस्थाको ७ वटा प्रदेशमा प्रदेश प्रमुख, प्रत्येक जिल्लामा जिल्ला अध्यक्ष, विदेशका १ सय २० वटा देशमा विदेश विभाग प्रमुख रहने समेत उनले जानकारी दिए।

हालसम्म गठन गरिएका देशहरुमध्य जापानको अध्यक्षमा भुवन सापकोटा, कर्णाली प्रदेश प्रमुखमा राजु सुनाम, गुल्मी जिल्ला अध्यक्षमा बासुदेव पोखरेल, नवलपरासी जिल्ला अध्यक्षमा तिर्थ सापकोटा, सुदूरपश्चिम प्रदेश अध्यक्षमा करण चैसिर, गण्डकी प्रदेश अध्यक्षमा कृष्ण सुवेदी, भौतिक बिभाग प्रमुख सुरेश सिग्देल, स्वास्थ सेवा बिभाग प्रमुख टेक नारायण चापागाई, अभिनय बिभाग सनम कठायत, नेपाली समाज दुवै महेन्द्र विश्वकर्मा, नेपाली समाज अमेरिका विमलराज पौडेल, प्रचारप्रसार विभाग प्रमुखमा समिर नेपाल र निर्मला पौडेललाई जिम्मेवारी दिएको अध्यक्ष सापकोटाले बताए।

यसैगरी नवलपरासी प्रमुखमा तिर्थ सापकोटा, काब्रे प्रमुखमा मुकेश हुमागाई, अछाम प्रमुखमा अभिषेक खड्का, धादिङ प्रमुख महिलामा कविता तोलांगी, युवा विभागमा सुवास शर्मा, सामाजिक विकाश प्रमुखमा टिका भुजेललाई नियुक्ति गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्