नायक प्रदीप खड्का भारतमा सम्मानित

pradip khadka
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नायक प्रदीप खड्का भारतको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्डले सम्मानित भएका छन्। खड्काले चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबबाट फिचर फिल्मतर्फ भारतमा उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड जितेका हुन्।

गत बिहीबारदेखि आइतबार सम्म भारतको आग्रामा भएको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा उनले आइतबार राती डेब्यू अभिनेताको अवार्ड जित्न सफल भएका छन्।

खड्काले आफूले अवार्ड जितेको खुसी सामाजिक सञ्जालमार्फत साटेका छन्। उनले फेसबुकमा हातमा अवार्ड लिएको तस्वीर सेयर गर्दै आयोजकलाई धन्यवाद दिएका छन्। प्रेमगीत ३ ले नेपाल, भारतसहित विश्वभर उत्कृष्ट कमाइ गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्