मङ्सिर १५ गतेभित्र काठमाडौँमा मेलम्चीको पानी

khanepani pic
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। बर्सातको कारणले भत्किएको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म पुग्ने पहुँचमार्ग तयार भएसँगै मेलम्चीको हेडवक्र्स क्षेत्रमा थुप्रिएको गेग्रान हटाउने कार्य थालिएको छ।मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्ची नदीले आयोजनाको हेडवक्र्स क्षेत्रमा थुपारेको गेग्रान सोमबार हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले सुरुआत गरेको छ।

वर्षा सुरु हुनुअघि गत जेठ दोस्रो सातादेखि नै आयोजनाको हेडवक्र्स क्षेत्रमा रहेको संरचना र सुरुङ जोगाउन आयोजनाले मेलम्चीको सुरुङमा पानी पथान्तरण कार्य रोकेको थियो।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्चीको सुरुङको मुख्य पोर्टल क्षेत्रमा कुनै पनि प्राविधिक समस्या नदेखिएको खण्डमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा मङ्सिर १५ गतेभित्रै ल्याउने बताए।

अहिले हेडवक्र्स क्षेत्रमा थुप्रिएको गेग्रान८ देखि १० दिनभित्रै सफा गर्छौँ। आवश्यक अन्य काम सकेर मङ्सिर १५ गतेभित्रै मेलम्चीको पानी सुरुङमा खसाल्ने कार्यतालिका तय गरेका छौँ,’उनले भने। आजको नागरिक दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्