र्यापर निमा लामाको ‘कमिसन’ बजारमा (भिडियो)

pic music
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। गायक एंव संगीतकार कर्साङ लामाको चुनाव लक्षित गीत कमिसन बजारमा आएको छ। गीतलाई पारिजात नेपालको अफिसियल युटुब च्यानलमार्फत आइतबार सार्वाजानिक गरिएको हो।

गायिका सुस्मिता स्याङ्तान र उनै गायक एंव संगीतकार कर्साङ लामाको आवाज रहेको गीतलाई विवेक लोप्चनले लेखेका हुन्। जेम्स जिम्बाको र्याप कम्पोज गरेको गीतलाई कर्साङ लामाले नै संगीत संयोजन र मिक्सिङ गरेका हुन्।

पछिल्लो समय निकै चर्चा बटुलिरहेका र्यापर निमा लामाको र्याप रहेको गीतमा निर्वाचनमा हाम्रोलाई भन्दा राम्रोलाई छान्नु पर्ने सन्देश छ। तामाङ चलचित्र जगतका महानायक अमिर दोङ तामाङले निर्देशन, त्रिलोक लामाले छायांकन र राजु लामाले सम्पादन र कलर गरेका हुन्। भिडियोमा योग्य मोक्तान र अशिम लोप्चन तामाङलाई पनि देख्न सकिन्छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्