रौतहट ३ मा स्वतन्त्र उम्मेदवार नै हावी

prabhu_omprakash_RdBG8Nj5CY
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। देशभर सत्तारुढ पाँच दलीय गठबन्धन र प्रतिपक्षी एमाले गठबन्धनबीच प्रतिस्पर्धा भइराख्दा मधेस प्रदेशको रौतहट ३ मा भने स्वतन्त्र उम्मेदवारबीच नै टक्कर देखिएको छ।

राष्ट्रिय दलको मान्यता पाएका ६ मध्ये कुनै पनि दलको उम्मेदवार यहाँ छैनन्। कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपाका उम्मेदवार यो क्षेत्रमा शून्य छन्। माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका रवीन्द्र पटेललाई पार्टीले कारबाही गरिसकेको छ।

स्वतन्त्र उम्मेदवार प्रभू शाहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ। दुई स्वतन्त्र पूर्व मन्त्री प्रभू शाह र उद्योगपति ओमप्रकाश जैसवालबीच प्रतिस्पर्धा हुने भएपछि कुन स्वतन्त्र विजयी हुने हुन भन्ने चासो बढेको छ। यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्