बाजुराका तीन मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित

लोकपाटी न्यूज
4 Shares
  • राजेन्द्र बिक

बाजुरा। बाजुरामा ३ओटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। जिल्लाको बुढिगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र बुढिनन्दा नगरपालिका वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदान स्थगित गरिएको छ।

विभिन्न राजनीतिक दलहरूको विवाद पछि ती मतदान केन्द्रको मतदान प्रक्रिया अहिले स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताए।

त्यस्तै बुढिनन्दा नगरपालिका वडा नम्बर ७मा काँग्रेस र एमाले कार्यकर्ता बिच झडप भएपछि केहिबेर स्थगित भएको मतदान प्रक्रिया अहिले सुचारु भएको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताए। जिल्लाका अरू सबै मतदान केन्द्रमा भने भयरहित वातावरणमा मतदान भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्