बाला चतुर्दशी पर्व मनाइँदै आज

bala-chaturdashi-patb
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। आज मंगलबार बाला चतुर्दशी पर्व मनाइँदै छ। प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन पितृहरुको सम्झनामा हिन्दु धर्माबलम्बीहरुले सतबीज छरेर यो पर्व मनाउने गर्छन्।

पशुपतिनाथ लगायत देशका विभिन्न तीर्थस्थलहरुमा मंगलबार बिहानदेखि नै सतबीज छर्ने भक्तजनहरुको भीड लागेको छ। यो पर्वमा भक्तजनहरुको पशुपतिनाथमा विशेष भीड लाग्ने गर्दछ।

सोमबार त्रयोदशीका दिनदेखि तीर्थस्थलमा गई पितृका नाममा बत्ति बाल्ने तथा दीपदान गरी बस्ने गर्दछन्। रातभर दीपदान गरी बसेका भक्तजनहरुले मंगलबार बिहानै सतबीज छर्ने गर्छन्। सतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो लगायत पर्दछन्।

यस दिन सतबीज छर्दा देहान्तपछि अलपत्र परेका आत्मा वा नरकमा परेकाहरुको उद्धार भई बैकुण्ठमा बास पाउँछन् भन्ने शास्त्रीय मान्यता समेत रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्