गुल्मीमा जिप दुर्घटना, पाँचको मृत्यु

accident_
लोकपाटी न्यूज
3 Shares

गुल्मी। गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रिडीका अनुसार गएराती करिब २ बजे सत्यवती गाउँपालिका -३ ठुलोलुम्पेक बाट कुतडाडा जाँदै गरेको ५३४० नम्बरको डबल क्याप जिप कुढडाँडामा दुर्घटना हुँदा चार जनाको घटना स्थलमै र एक जनाको उपचार गर्न पाल्पा पठाइएकोमा बाटोमै मृत्यु भएको हो।

मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ का जिप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहडी , ४७ वर्षका रनबहादुर सिंजापती , वर्ष २५ का मिलन तरामु रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख सई कृष्णप्रसाद आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्