डडेल्धुरामा शेरबहादुर देउवा विजयी

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज
3 Shares

डडेल्धुरा। डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका छन्। त्यहाँ ५१ हजार २०३ मत खसेको थियो। त्यसमध्ये देउवाले २५ हजार ५ सय ३४ मत पाएका हुन्।

उनले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालभन्दा १२ हजार ४ सय ९२ मत बढी ल्याएका छन्। यस्तै ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ल भने ७ हजार ५ सय ३५ पाएका छन्।

खसेको जम्मा मतभन्दा ३ हजार १ सय ८७ मत बदर भएको छ। देउवा २०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा यसअघि डडेलधुराबाटै विजयी भएका थिए। यो जितसँगै देउवाको गृह जिल्ला डडेल्धुरामा सातौं पटक जित हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्