जारी विश्वकप फुटबलमा फ्रान्सकाे विजयी शुरुआत

France
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ। दोहास्थित अल जानुब स्टेडियममा आज बिहान सम्पन्न खेलमा अष्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद् सुरुआत गरेको हो।

फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे। एड्रिन राबिओट र केलियन एमबाप्पेले एक–एक गोल गरे। अष्ट्रेलियाविरुद्ध दुई गोल गरेसँगै जेरुले फ्रान्सका लागि ५१ औं गोल पूरा गरेका छन्।

जेरुले थिएरी अन्रीको नाममा रहेको फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन्। अन्रीको नाममा ५१ गोलको कीर्तिमान रहेको छ। जेरु विश्वकप फुटबलमा फ्रान्सका लागि सर्वाधिक उमेरमा गोल गर्ने खेलाडीसमेत बनेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्