सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

Gold
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सयले घटेर ९६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुन प्रतितोलामा ९६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य बुधबार ५ रूपैयाँले घटेर १ हजार २ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्