सरकार बनाउनै मुस्किल हुने अवस्था आयो : केपी ओली

kp_oli
फाइल तस्बिर
लोकपाटी न्यूज
7 Shares

सुरुङ्गा। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन्। झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै सो धारणा राखेका हुन्।

पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले)ले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताए। उनले अबको एक-दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने उनले बताए।

यो निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको तर्क गरे। निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिएपनि त्यसो हुन नसकेको उनको टिप्पणी छ। ‘निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्छ। मुलुकले एउटा दिशा पाउछ भन्ने आशा थियो। तर, त्यसो भएन,’ उनले भने, ‘अहिलेसम्मको परिणामले कुनै पनि दलको बहुमत नपुग्ने भयो। यसले निर्वाचनपछिको सरकार बनाउनै मुस्किल हुने अवस्था छ। फेरिपनि सुरुदेखि नै दलहरुको मोलतोल र सांसदहरुको भाउ कसेर किनबेच चल्ने भयो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्