ओलीको विश्वास जोगाउन नसकेकोमा दुःखी छु : कमल थापा

Kamal_Thapa
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूलाई विश्वास गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्। साथै उनले आफूले उक्त विश्वास जोगाउन नसकेकोमा दुःखी रहेको उल्लेख गरेका छन्।

‘मलाई विश्वास गर्नुभएकोमा केपी शर्मा ओलीलाई धन्यवाद,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु। तपाईंलाई मेरो शुभकामना।’ थापा निर्वाचन लडेको मकवानपुर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपकबहादुर सिंह विजयी भएका छन्।

निर्वाचनमा विजयी सिंहले २७ हजार ८ सय १६ प्राप्त गरेका थिए। सिंहका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी नेता महालक्ष्मी उपाध्याय ‘डिना’ले २५ हजार ४ सय २३ प्राप्त गरेकी थिइन्। थापा भने २५ हजार ४ सय २० मतका साथ तेस्रो स्थानमा रहे। उनले अन्तिम नतिजा नआउँदै हार स्वीकारेर एमालेलाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्