कमजोर नतिजा आएपछि ओलीले सम्झिए प्रचण्ड

oli and prachanda
फाइल तस्बिर
लोकपाटी न्यूज
11 Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका छन्। गोरखा क्षेत्र नं २ बाट विजयी भएका प्रचण्डलाई देउवा र ओलीले फोन गरेर बधाई दिएका हुन्।

फोनमा उनीहरूले एक आपसमा बधाई साटासाट गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। ओलीले भने प्रचण्डसँग मिलेर जानेबारे कुराकानी गरेका थिए। ओलीले कम्युनिष्ट पार्टी मिलेर नजाँदा निर्वाचनमा धक्का लागेको समेत बताएका थिए।

‘हामी नमिल्ने कुरामा त तपाईंको भूमिका धेरै हो। त्यसबारे त तपाईंले समीक्षा गर्नुस्,’ प्रचण्डलाई उद्धृत गर्दै मल्लले भने। निर्वाचनमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ एक सय सिट हासिल गर्ने दाबी एमालेको थियो। तर, सोचेभन्दा निकै कमजोर नतिजा निकालेको छ।

ओलीले कम्युनिस्ट पार्टी मिलेर नजाँदा निर्वाचनमा धक्का लागेकोसमेत बताएका थिए। जवाफमा प्रचण्डले ओलीकै भूमिकाका कारण छुट्टाछुट्टै स्थानमा पुग्नुपरेको बताएको भनिएको छ। प्रचण्डले आफूहरू गठबन्धन गरेर चुनावमा सहभागी भएकाले र गठबन्धनप्रति प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्

  • वल्ल ओलीको घैटामा घाम लागेछ , जनता/ र्कायकर्ता का अगाडी आत्मआलोचना गरेर माफी माग्नु पर्दछ !