बर्दिया-२ (ख) मा नागरिक उन्मुक्तिका चौधरी विजयी

लोकपाटी न्यूज
5 Shares

बर्दिया। बर्दिया-२ (ख) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धर्मबहादुर चौधरी विजयी भएका छन्। चौधरी २० हजार एक सय २७ मत ल्याई विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मानबहादुर थारुले १० हजार नौ सय ८४ मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति उम्मेदवार चौधरी नौ हजार एक सय ४३ मतको अन्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ।

यो निर्वाचन क्षेत्रमा ४३ हजार पाँच सय सात मत खसेको थियो भने दुई हजार ३४ मत बदर भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्