रौतहट-३ मा प्रभु साह विजयी

Prabhu Sah
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उमेदवार प्रभु साह निर्वाचित भएका छन्। साहले निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पराजित गरे।

साह ३२ हजार ४३७ मतसहित विजयी भएको निर्वाचन अधिकृत मेघनाथ चापागाईंले जानकारी दिए। उनका निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र ओमप्रकाशले २५ हजार २०० मत पाए। साह यस क्षेत्रबाट निरन्तर जित्दै आएका छन्।

उनको यो लगातार चौथो जित हो। २०६४ सालदेखि साहले यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका छन्। नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए।

साह २०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य थिए। संविधानसभामा २०६४ र २०७० मा रौतहट ३ बाट निर्वाचित भए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भए। तत्कालीन नेकपा विभाजित भएपछि एमालेतर्फ लागेका साहको सांसद पद खारेज भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्