यी १ सय १६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक

Election Commission
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। ४१ स्थानमा जित निकाल्दै कांग्रेस अग्रस्थानमा रहेको छ भने एमाले २९ स्थानमा विजयी हुँदा नेकपा माओवादी केन्द्र १२ स्थानमा विजयी भएको छ। नेकपा एकीकृत समाजवादी १० स्थानमा विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित दर्ता गरेको छ।

यसैगरी राप्रपा ४ स्थानमा विजयी भएको छ। नागरिक उन्मुक्ति पार्टी, लोसपा र जसपा २/२ स्थानमा विजयी भएका छन भने राष्ट्रिय जनमोर्चा, नेमकिपा,जनमत पार्टी १/१ स्थानमा विजयी भएका छन्। यसैगरी स्वतन्त्र उम्मेदवार ५ ठाउँमा निर्वाचित भएका छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ बाँकी ४९ निर्वाचन क्षेत्रहरुको मतगणना जारी रहेको छ।

बाँकी रहेका स्थानमा एमालेले १९ स्थानमा, कांग्रेस १२, माओवादी केन्द्रले ६ र जसपा ४ स्थानको मतगणनामा अगाडी छन्। त्यसैगरी राप्रपा तीन, नागरिक उन्मुक्ती एक, लोसपा एक र राष्ट्रिय स्वतन्त्र पार्टी एक स्थानमा अग्रता हासिल गरिरहेका छन्। बाँकी ४९ स्थानमध्ये बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन।