चार खेल हुँदै कतार विश्वकपमा आज

fifa-worldcup
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार चार खेलहरु हुँदैछन्। शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन्।

दिउँसो पौने ४ बजेबाट सुरु हुने पहिलो खेलमा समूह ‘बी’ मा रहेका वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ। वेल्स र इरान पहिलो जितको खोजीमा हुनेछन्। वेल्सले पहिलो खेलमा बराबरी खेलेको थियो भने इरान पराजित भएको थियो।

यस्तै, साँझ पौने ७ बजे सुरु हुने दोस्रो खेलमा समूह ‘ए’ मा रहेका कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेलमा पराजित भएका दुबै टोली पहिलो जितको योजनामा रहेका छन्।

विश्वकप अन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा समूह ‘ए’ मा रहेका नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ। उपाधि दाबेदार नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। दुवै टिम लगातार दोस्रो जितको खोजीमा हुनेछन्।

त्यस्तै बिहीबार हुने चौथो खेलमा समूह ‘बी’ मा रहेका इंग्ल्यान्ड र अमेरिकाबीच राति पौने १ बजे प्रतिस्पर्धा हुनेछ। इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ भने अमेरिका पहिलो जित निकाल्न चाहन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्