नवलपरासी–२ (२) मा कांग्रेसका कलवार विजयी

Baijanath-Kalawar pic
लोकपाटी न्यूज
3 Shares

परासी। नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं.२ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका बैजनाथ कलवार निर्वाचित भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार नगेन्द्र अग्रहरीलाई १ हजार ६ सय ८९ मतान्तरले पराजित गरी कलवार निर्वाचित भएका हुन्।

कलवारले ११ हजार ७ सय ३६ मत ल्याउनु हुँदा अग्रहरीले १० हजार ४७ मत पाए। यस्तै, जनता समाजवादी पार्टी (जसपा) का धरेन्द्र यादवले ९ हजार ५ सय ८२ मत ल्याएर तेस्रो भए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्