
बुटवल। रूपन्देही निर्वाचन क्षेत्र नम्बर-२ को प्रदेशसभा २ बाट नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले नेकपा माओवादी केन्द्रका वामदेव क्षेत्रीलाई सात हजार बढी मतान्तरले पराजित गरेका हुन्।
श्रेष्ठले १६ हजार ३०० मत प्राप्त गरेर विजयी हुँदा क्षेत्रीले ९ हजार ४ सय १० मत ल्याए। निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४० हजार १५८ मत खसेको थियो ।