मोरङ- ६ बाट काँग्रेस नेता डा. कोइराला विजयी

shekhar_koirala
लोकपाटी न्यूज
4 Shares

मोरङ। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नं ६ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका नेता डा शेखर कोइराला ३५ हजार दुई सय २४ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वीमा नेकपा (एमाले)का लालबाबु पण्डितले २२ हजार नौ सय ४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले जानकारी दिए। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले नौ हजार एक सय ४० मत प्राप्त गरे।

निर्वाचन क्षेत्र नं ६(२) बाट प्रदेशसभामा नेपाली काँग्रेसका उम्मेदवार एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की १० हजार चार सय ५० मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्ण बस्नेत (पर्शुराम)ले नौ हजार दुई सय ७३ प्राप्त गरेका छन्। तेस्रो स्थानमा राप्रपाका राजेशकुमार मास्केले तीन हजार आठ सय ३७ मत प्राप्त गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्