आर्थिक समृद्धिको कार्यभार पूरा गर्छौं : भण्डारी

लोकपाटी न्यूज
5 Shares

दमौली। तनहुँ-२ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले आर्थिक समृद्धिसँगै देश विकासको कार्यभार पूरा गर्ने बताएका छन्। निर्वाचन अधिकृतको कार्यालयले आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेपछि आयोजित कार्यक्रममा उनले आर्थिक विकाससँगै देश विकास गर्नुपर्ने अहिलेको प्रमुख मुद्दा रहेकाले त्यसलाई पूरा गरेरै छाड्ने बताए।

आर्थिक विकासका लागि अहिलेको निर्वाचनको महत्व रहेको बताउँदै भण्डारीले भने, ‘देशलाई आर्थिक समृद्धिमा अगाडि बढाउनुपर्नेछ, जनताको जीवनस्तर सुधार गर्नुपर्नेछ।’ विकासको दृष्टिकोणले तनहुँ-२ सम्भावनायुक्त ठाउँ भएको चर्चा गर्दै भण्डारीले समर्पित भएर काम गर्नु आफूहरुको जिम्मेवारी भएको बताए।

प्राप्त अभिभारा गम्भीरतापूर्वक लिएको बताउँदै भण्डारीले भने, ‘गाउँका समस्यालाई पाँच वर्ष कार्यकालमा अहोरात्र खटेर समस्या समाधानमा लाग्छौँ। केन्द्रीय र प्रदेशस्तरका योजना ल्याएर विकास गर्छौँ।’ तनहुँ-२ (१) का नवनिर्वाचित सांसद श्यामराजा महतले जनताको विश्वासलाई टुट्न नदिने बताउँदै जनतालाई शीरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

तनहुँ-२ (२) का नवनिर्वाचित सांसद जीतप्रकाश आलेले जनताको सेवाका लागि आफू सधैँ जनताबीचमा रहने बताउनुभयो । सो कार्यक्रममा निर्वाचन अधिकृत गोविन्द उपाध्यायले नवनिर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्