राजेन्द्र बिक/ बाजुरा, १०मंसिर। बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ५ स्थित नन्देश्वरी मतदान केन्द्रमा मतदान प्रक्रिया शुरु भएको छ।मंसिर ४ गते गठबन्धन र एमाले कार्यकर्ताबिच झडप भएपछि बारम्बार धादली भएपछि निर्वाचन आयोगले मंसिर १०गते आज निर्वाचन गर्न मिति तोकेको थियो।
नन्देश्वरी माध्यामिक बिद्यालयको मतदान केन्द्रमा आज बिहान ७ बजे शुरु भएको मतदान प्रक्रिया बेलुका ५बजे सम्म संचालन हुनेछ। निर्वाचन आयोगले तोकेको मिति अनुसार आज बुढिनन्दा ५ मा चुनाव भएको र मतदान भयरहित वातावरणमा भइरहेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थिले बताए।
मंसिर ४ गतेको निर्वाचनमा २८ मत खस्ने बितिकै एमाले कांग्रेस कार्यकर्ता बिच झडप भइ स्थिती नियन्त्रणमा आउन नसकेपछी मतदान स्थगित गरिएको थियो। बुढीनन्दा ५ मा ९ सय ९९ जना मतदाता रहेका छन्।