
रुपन्देही। रुपन्देही क्षेत्र नम्बर ३ मा ८४ हजार ७४ मतगणना हुँदा राप्रपाका दीपक बोहोरोले निरन्तर अग्रता कायम राखेका छन्। पछिल्लो मत परिणामअनुसार राप्रपाका दिपक बोहोराले ३२ हजार ८ सय ४८ मत ल्याएर अग्रता लिइरहेका छन भने नेपाली कांग्रेसका बालकृष्ण खाणले ३१ हजार ६ मतका साथ पछ्याउँदै छन्।
बोहोरा र खाणबीच १ हजार २४८ मतको अन्तर छ। अब करिब छ हजार मत गणना बाँकी रहेको छ। आज १२ बजेसम्म मतगणना सम्पन्न हुने निर्वाचन कार्यालयले जनाएको छ।