रवि लामिछानेले सार्वजनिक गरे चुनावी खर्च

Rabi Lamichane
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। चितवन क्षेत्र नं. २ बाट निर्वाचित संघीय सांसद रवि लामिछानेले आफ्नो क्षेत्रका तीन स्थानमा पुगेर मतदातालाई धन्यवाद दिएका छन्।निर्वाचित भएपछि लामिछानेले भरतपुरको गेष्ट हाउस चौर, इच्छाकामना र कालिकामा पुगि धन्यवाद सभाको आयोजना गरी मतदाता र समर्थकलाई धन्यवाद दिएका हुन्।

रविले आज शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूले निर्वाचनमा गरेको खर्च र केहि महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। निर्वाचनमा ११ लाख ८१ जहार ४ सय ७२ रुपैयाँ खर्च भएको उनले बताएका छन्। त्यस्तै, आफ्नो कार्यकालभरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने उनले निर्णय गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्