काठमाडौं। नेपाली बजारमा यो साता सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ओरालो लागेको हो।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार १०० रूपैयाँ थियो। जुन, यो साताको शुक्रबारसम्ममा ३०० ले घटेर ९७ हजार ८०० रूपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ३०० रूपैयाँ छ।
यो साताको सोमबार तोलामा ६०० रूपैयाँले घटेको थियो। यस्तै, मंगलबार ३०० ले घटेको सुनको मूल्य बुधबार ४०० ले घटेको थियो। यस्तै, बिहीबार १००० रूपैयाँ प्रतितोलाले बढेको सुनको मूल्य शुक्रबार स्थिर रहेको थियो।
यो साता चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ। गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ८० रूपैयाँ थियो। जुन यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर १२ सय ९५ रूपैयाँ पुगेको छ।