डा. अधिकारीले विक्रम पाण्डेलाई बधाई दिँदै भने- ‘विकासलाई यथार्थमा परिणत गर्नुहोला’

pic-
लोकपाटी न्यूज
2 Shares

चितवन। प्रतिनिधिसभा सदस्य चितवन-३ मा निर्वाचित विक्रम पाण्डेलाई डा. भोजराज अधिकारीले बधाई दिएका छन्। राप्रपाका उपाध्यक्ष पाण्डेलाई लोकतान्त्रिक बाम गठबन्धनका समेत उम्मेदवार एवं माओवादी केन्द्रका नेता डा. अधिकारीले बधाई दिएका हुन्।

रामपुर कृषि क्याम्पसस्थित मतगणना स्थलमा पुगेर कार्यकाल सफलताको शुभकामना दिए।सँगसँगै प्रदेश सभा सदस्य चितवन ३ (१) बाट निर्वाचित राप्रपाका ज्ञानजंग लामा र ३ (२) बाट निर्वाचित माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाललाई समेत बधाई एवं शुभकामना दिएका छन्।

यसैक्रममा डा. भोजराजले जनताको अभिमतलाई कार्यक्षेत्रमा सफलता पूर्वक सम्पन्न गर्न सुझाव दिए। जनताको विजयी मत पाउनुभयो उनले भने, अब विकासलाई यथार्थमा परिणत गर्ने समय आएको छ।

यस्तै भरतपुर महानगर प्रमुख रेनु दाहालले पनि पाण्डेलाई बधाई एवं कार्यकालको शुभकामना दिइन्। शुक्रबार राति सार्वजनिक मतपरिणाम अनुसार पाण्डे ९ हजार २३३ मतान्तरले निर्वाचित भएका हुन्। पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्