मेयर दाहालले निर्वाचित पाण्डेलाई बधाई दिँदै भनिन्- ‘हाम्रो साथ सधैं रहन्छ’

renu
लोकपाटी न्यूज
3 Shares

चितवन। प्रतिनिधिसभा सदस्य चितवन-३ मा निर्वाचित विक्रम पाण्डेलाई भरतपुर महानगर प्रमुख रेनु दाहालले बधाई दिएकी छन्। निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजना भएको प्रमाणपत्र वितरण कार्यक्रममा राप्रपाका उपाध्यक्ष पाण्डे प्रमुख दाहालले बधाई दिएकी हुन्।

साथै, प्रदेश सभा सदस्य चितवन ३ (१) बाट निर्वाचित राप्रपाका ज्ञानजंग लामा र ३९२० बाट निर्वाचित माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाललाई समेत बधाई एवं शुभकामना दिएका छन्। यसैक्रममा मेयर दाहालले जनताको अभिमतलाई सम्मान गर्दै कार्यकाललाई सफल बनाउन सुझाव दिइन्।

विजयी हुनुभएकोमा हार्दिक बधाई छ पाण्डेलाई खादा लगाउदै उनले भनिन्, राम्रोसँग कार्य गर्नुहोला, हाम्रो सधैं साथ रहेछ, शुक्रबार राति सार्वजनिक मतपरिणाम अनुसार राप्रपाका पाण्डे ९ हजार २३३ मतान्तरले निर्वाचित भएका हुन्। पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्