प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेट

prachanda-deuwa pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्यका रुपमा हेरिएको छ। प्राप्त मतपरिणामअनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस ५० र माओवादी केन्द्र १६ स्थानमा विजयी भएका छन्।रासस