कति मतले पछि परे एमाले उपाध्यक्ष नेम्वाङ ?

लोकपाटी न्यूज
6 Shares

मंगलबारे। इलाम क्षेत्र नं २ को मतगणना अन्तिम समयमा पुग्दा रोचक बन्दै गएको छ। यहाँ नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मतान्तर क्रमशः घट्दै गएको छ।

इलाम नगरपालिकाको मत गणना हुनुअघि करिब दुई हजार मतले अघि रहनुभएका नेम्वाङको मत अन्तर क्रमशः घट्दै गएको छ। हाल उनी १६ मतले पछि परेका छन्। नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २८ हजार चार सय ८६ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार नेम्वाङले २८ हजार चार सय ७० मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

अब इलाम नगरपालिका-१ र २ को मत गन्न बाँकी छ। यस निर्वाचन क्षेत्रमा ६९ हजार ८५ मत खसेको थियो। यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित १४ जनाले उम्मेदवारी दिएका थिए।