
बुटवल। रुपन्देही-३मा राप्रपाका दीपक बोहोरा विजयी भएका छन्। बोहोराले गृहमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाणलाई पराजित गरेका हुन्।
बोहोराले ३६ हजार ६४८ मतसहित विजयी भएका छन्। गृहमन्त्रीलाई पराजित गराउन बोहोराले खाणभन्दा २ हजार ६४२ मत बढी ल्याए। खाणले ३४ हजार ६ मत प्राप्त गरेका छन्।