हुम्लामा वाम-लोकतान्त्रिक गठबन्धनको प्यानल निर्वाचित

Gathabandhan_गठबन्धन
लोकपाटी न्यूज
5 Shares

सिमकोट। एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा वाम-लोकतान्त्रिक गठबन्धनको प्यानल विजय भएको छ। प्रतिनिधिसभा सदस्यमा गठबन्धन नेकपा (माओवादी केन्द्र)का छिरिङ डम्दुल लामा (कार्चेन) विजयी भएको छ।

उनका प्रतिस्पर्धी नेकपा(एमाले)का दल रावल थिए। लामाले १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी रावलले नौ हजार पाँच सय १६ मत ल्याएर पराजित भए। राप्रपाका तेजबहादुर रावतले तीन सय ७८ मत प्राप्त गरे। यस्तै बदर पाँच सय २४ भएको थियो।

प्रदेशमा पनि गठबन्धनका विजयी

हुम्ला प्रदेश (१) बाट गठबन्धनका उम्मेदवार माओवादीका रणसिंह परियार विजयी भएका छन्। परियारले छ हजार चार सय ८१ मत प्राप्त गर्दा मंगलबहादुर शाहीले चार हजार छ सय ३० मत प्राप्त गरे। यस्तै एमालेका उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गरे भने एकीकृत समाजवादीका हस्तबहादुर शाहीले सात सय ८४ मत प्राप्त गरे।

यस्तै हुम्ला प्रदेश (२) बाट वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका जीवनबहादुर शाही विजयी भएका छन्। उनले एमालेका उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित गरेका हुन्।

शाहीले सात हजार ५६ मत प्राप्त गर्दा एमालेका छक्कबहादुर लामाले दुई हजार नौ सय ७९ मत प्राप्त गरे। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का नैनसिंह रावतले ९८ मत प्राप्त गरे भने जनता समाजवादी (जसपा) का बलिराज शाहीले ४१ र तिर चुनाव चिह्नका सुमन रावतले २१ मत प्राप्त गरेका छन्। यस्तै एक सय १९ मत बदर भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्