एमालेका महतोसँग हारे गिरिराजमणि पोखरेल

Laxmi-mahatto-giriraj-mani
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। महोत्तरीको निर्वाचन क्षेत्र नम्बर-१ बाट नेकपा (एमाले) का लक्ष्मी महतो कोइरी विजयी भएका छन्। नेकपा (माओवादी केन्द्र)  का उपमहासचिव गिरिराजमणि पोखरेललाई १ हजार ३० को मतान्तरले पराजित गर्दै एमालेका कोइली विजयी भएका हुन्।

महतो २३ हजार ४०२ मत ल्याउनु भई विजयी भएका हुन्। पोखरेलले २२ हजार ३७२ मत मात्र प्राप्त गरे। यस्तै, स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापाले ७ हजार ८१२ मत प्राप्त गरे। २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट पोखरेल विजयी भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्