मन्त्रीको चुनावी दौड : ५ को जित, ६ को हार

Nirbachan_Aayog_Election
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनमा होमिएका एक दर्जन मन्त्रीमध्ये ५ मन्त्री निर्वाचित भएका छन भने ६ जनाले हारेका छन्। निर्वाचित भएका मन्त्रीहरूमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु, अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकासमन्त्री मेटमणि चौधरी रहेका छन्।

पौडेलले वाग्लुङ–२, बडु दार्चुला, श्रम तथा रोजगारमन्त्री कुँवर अछाम–१, शहरी विकासमन्त्री चौधरी दाङ र अर्थमन्त्री शर्मा रूकुम पूर्वबाट निर्वाचित भए। यता ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसाल, राज्य मन्त्री उमेश श्रेष्ठ, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक), खानेपानी तथा सिँचाइमन्त्री उमाकान्त चौधरी र गृहमन्त्री बालकृष्ण खाँणले हार ब्यहोर्नुपरेको छ।

भुसालले ललितपुर–३, उमेश श्रेष्ठले चितवन–२, जीवनराम श्रेष्ठले काठमाडौं–८, गहतराजले बाँके–१, चौधरीले बारा–१ र खाँणले रूपन्देही–३ बाट प्रतिस्पर्धा गरेका थिए। सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको झिनो अग्रता छ । तर अनश्चितकालका लागि मतगणना रोकिएको छ। यो समाचार नेपालसमाचारपत्र दैनिकमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्