आज कति छ सुनचाँदीको मूल्य ?

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य स्थिर कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।

महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँ कायम छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रूपैयाँ छ। गत साताको शुक्रबार पनि यही मूल्यमा छापावाल र तेजाबी सुनको कारोबार भएको थियो।

गत साताको बिहीबारदेखि निरन्तर नेपाली बजारमा सुनको यही मूल्य कायम छ। बिहीबार सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेको थियो। यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्