समानुपातिकमा कुन दलको मत कति ?

Election_Dal
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना जारी छ। जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ। हालसम्म गनिएको मतगणनामा ८४ लाख ८२ हजार ३३३ मतमा एमाले २३ लाख ४ हजार ४ सय ९ मतसहित शीर्ष स्थानमा छ।

दोस्रो स्थानमा नेपाली कांग्रेस छ। कांग्रेस २२ लाख ७ हजार ५ सय २७ मतसहित एमालेलाई पछ्याइरहेको छ। त्यस्तै, नेकपा माओवादी केन्द्र ९ लाख ६६ हजार ३०४ मतसहित तेस्रो स्थानमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी ९ लाख २३ हजार ९ सय ६५ ल्याएर चौथौ स्थानमा छ। पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८७ हजार ९८ मत पाएको छ।

यस्तै, राष्ट्रिय पार्टी बन्ने दौडमा रहेका जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले क्रमशः २ लाख २१ हजार २८१, २ लाख २८ हजार ४७८, २ लाख २७ हजार ९१६ र १ लाख ९८ हजार ४८१ मत पाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्